काठमाडौँ – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लवले सहज जित निकालको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नव जनजागृति युवा क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो । जावलाखेलको जितमा आठौं मिनेटमा हरिश भट्ट, सिस्सोखोले पेनाल्टीमार्फत १० औं मिनेट, युवराज ढकालले ४२ औं मिनेट र धर्मेन्द्र कुँवरले ८६ औं मिनेटमा गोल गरेका थिए ।
जितसंगै पाँच खेल खेलेको जावलाखेलको ६ अंक भएको छ । समान खेल खेलेको नव जनजागृति युवा क्लब अंकबिहीन अवस्थामा रहेको छ ।
त्यस्तै मंगलबार नै भएको अर्को खेलमा न्युरोड टीम र एपिएफले बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा न्युरोड टीम र एपिएफ गोलरहीत बराबरी खेल्दै अंक बाँडेका हुन् । एन्फा राष्ट्रिय लिगमा १७ टोली प्रतिष्पर्धामा छन् ।



























































