काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा चूनावी प्रचार सुरु गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार चूनावी प्रचारका लागि चितवन क्षेत्र नम्बर २ का बिभिन्न स्थानमा खोलिएका कार्यालयको उद्घाटन गदै लामिछानेले चूनावी प्रचार सुरु गरेका हुन् । सो क्रममा लामिछानेले अवको लडाई भनेको दलको नेता उम्मेदवारसंग नभइ गरिवी, अशिक्षा, बेरोजगारी लगाएत देशका बिभिन्न समस्यासंग भएको बताए ।


ADVERTISEMENT

# # #


चुनाबी अभियानको क्रममा कोही कसैलाई गाली गलौज नगर्न र कोही कसै गाली गरे पनि प्रतिबाद नगर्न उहाले अनुरोध गर्नुभयो । उहाले अबको जवाफ भनेको मतदानको दिन मतपत्रमा छाप लगाएर दिने भएको धारणा राखे । सभापति लामिछानेले निर्वाचनका क्रममा आफु देशभर जानुपर्ने भएकाले चितवनबासीसंग धेरै भेटघाट गर्न नपाउने भन्दै मत दिन आग्रह गरे ।