काठमाडौं – नेपाली चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता सुनिल थापाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ ।


ADVERTISEMENT


शनिबार दिवंगत भएका वरिष्ठ अभिनेता थापाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार चलचित्र विकास वोर्डमा राखिएको थियो । बोर्डमा पुगेर कलाकार, चलचित्र क्षेत्रका व्यक्ति, शुभेच्छुक लगाएतले थापाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।


ADVERTISEMENT

# # #


शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापालाई शनिबार बिहान हृदयघात भएपनि थापाथलीस्थित नर्भिक अस्पताल पुराइएको थियो । अस्पतालमा थापाको निधन भएको हो । वरिष्ठ अभिनेताले सयौ नेपाली चलचित्रमा अभिनय गरेका छन् ।