काठमाडौं । इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामाCosmos Educational Training & Research Centre (CETARC) द्वारा आयोजित बागमती प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
शिक्षा, सिर्जनशीलता र संस्कृतिको संरक्षणमा बालबालिकालाई प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट सहभागी विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो हस्तलेखन सीप, अनुशासन र सृजनात्मक क्षमताको उत्कृष्ट प्रदर्शन गरेका थिए।


ADVERTISEMENT


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री बानियाँले बालबालिकाको सर्वाङ्गीण विकासमा हस्तलेखन जस्ता सिर्जनात्मक गतिविधिको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो। उहाँले डिजिटल युगमा पनि सुन्दर हस्तलेखनले व्यक्तित्व विकास, धैर्यता र अनुशासन सिकाउने बताउँदै यस्ता प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास र प्रतिस्पर्धी भावना बढाउने धारणा राख्नुभयो।


ADVERTISEMENT

# # #



मुख्यमन्त्री बानियाँले शिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी सिर्जनात्मक, व्यवहारिक र संस्कारमुखी बनाउन आवश्यक रहेको बताउँदै यस्ता शैक्षिक तथा सृजनात्मक कार्यक्रमलाई प्रदेश सरकारले पनि प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा विभिन्न तह र समूहमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र, मेडल तथा पुरस्कार प्रदान गरिएको थियो। आयोजक संस्थाका प्रतिनिधिहरूले CETARC ले आगामी दिनमा पनि शैक्षिक गुणस्तर अभिवृद्धि र प्रतिभा पहिचानका कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराएका छन्।


कार्यक्रममा शिक्षाविद्, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको