काठमाडौँ – ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ ।
मंगलबार दिउँसो दाउरा थकालीको माथिल्लो तलामा आगलागी भएको थियो । आगलागीको सूचना प्राप्त हुनेबितिकै ललितपुर महानगर, काठमाडौं महानगर र नेपाली सेनाको बारुणयन्त्रका लगाएत सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र ललितपुर महानगर प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको हो ।
दाउरा थकालीका मेनेजर भूवन आचार्यले विद्युत सर्ट भएर आगलागी भएको र आगलागीका कारण छतमा बनाइएको संरचना जलेर नष्ट भएको बताए ।
आगलागीको यकिन कारण र क्षतिको पूर्ण बिबरण आउन बाँकी छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।





























































