काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । बालेनले बिहीबार बिहान ७ः बजे काठमाडौँको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।


ADVERTISEMENT


बालेनले यसपटक आफूलाई भने मत हाल्न पाएनन् । उनी झापा–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् ।


ADVERTISEMENT

# # #


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कातर्फबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका उनी नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीको गढ मानिने झापा–५बाट ओलीसँगै भिड्दैछन् ।