काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् ।
बिहीबार बिहान काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत महाँकाल चौरस्थित केन्द्रमा पुगेर सभापति लामिछानेले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतदान गरेका हुन् । मतदान गरेपछि लामिछानेले आनन्दको महसुस भएको र अलगै भावना उत्पन्न भएको बताए ।
उनले मुलुकमा ठूलो परिवर्तन हुने सम्भावना रहेको र अहिले त्यसको सुरुवाती चरणमा रहेको धारणा राखे । जेनजी आन्दोलनमा युवाहरुले बलिदानी दिएपछिको परिवर्तका लागि भएको निर्वाचनको महत्वपूर्ण बढि रहेको भन्दै उनले मुलुक कस्तो बनाउने भन्ने अव नागरिकको हातमा रहेको बताए । लामिछानेले विवेकपूर्ण ढङ्गले मुलुक र आफ्ना सन्ततिको भविष्यलाई मध्य नजर राखेर मतदान गर्न आग्रह समेत गरे ।
उनले जेनजी आन्दोलनको जायज मागलाई सम्बोधन गर्ने र त्यसलाई सबैभन्दा बढी न्याय गर्न सक्ने पार्टी रास्वपा नै भएको धारणा समेत राखे ।


























































