काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदान गरेका छन् ।
घिसिङले काठमाडौँ क्षेत्र नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको उम्मेदवार छन् । मतदान गरेपनि घिसिङले देशभर सन्तोषजनक रुपमा निर्वाचन भइरहेको बताए ।
उनले निर्वाचनमा आफुहरुलाई जनताले विश्वास गर्ने र विजय हासिल गर्ने उल्लेख गरे । काठमाडौं क्षेत्र नम्बर ३ मा ६४ हजार ४७९ मतदाता कायम छन् ।


























































