विराटनगर । उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा सामान्य क्षति पुगेको छ ।


ADVERTISEMENT


कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला ९ख० मतदान केन्द्रमा बिहान ७ः१० बजेतिर घटना भएको हो ।


ADVERTISEMENT

# # #


कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले प्रहरीले बोकेको हतियारबाट गोली पड्किएर मतपेटिकामा क्षति पुगे पनि मानवीय र अन्य भौतिक क्षति भने नभएको जानकारी दिए ।

गोली पड्किएर क्षति पुगेको मतपेटिका फेरेर मतदानलाई सुचारु राखिएको छ ।