काठमाडौं – दोलखाको तामाकोशीस्थित एक मतदान केन्द्रमा हवाई फायर भएको छ । मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।


ADVERTISEMENT


स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सहायक प्रमुख जिल्ला अधिकारी आलेले भने, ‘अहिले अवस्था सामान्य भैसकेको छ । ‘तामाकोशीको वडानम्बर ४ मा कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि सुरक्षाकर्मीले एक दुई हवाई फार गर्नुभएको हो’,