काठमाडौं – बागमती प्रदेश लोक सेवा आयोगको एक रिक्त सदस्य पदमा काठमाडौं–१० नयाँबानेश्वर निवासी पुनम घिमिरे नियुक्त भएका छन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले घिमिरेलाई उक्त पदमा नियुक्त गरेका हुन् । नियुक्तिपछि आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रमुखको कार्यालयमा बागमती प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले घिमिरेलाई पद तथा गोपनीयताको सपथ गराएको थियो।
सपथ ग्रहण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, स्वास्थ्यमन्त्री किरण थापा मगर तथा श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा लगायतको उपस्थिति रहेको थियो।



























































