काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा सुरु गरिएको सेवा प्रवाहको नवीनतम मोडेलको निरिक्षण गरेकी छिन् ।


ADVERTISEMENT


सोमबार बबरमहलस्थीत प्रशासन कार्यालय पुगेर प्रधानमन्त्री कार्कीले सुशासन प्रवद्र्धनको लागि शुरु भएको सेवा प्रवाहको नवीनतम मोडेल पब्लिक अनाउन्समेन्ट सिस्टम (सार्वजनिक सम्बोधन प्रणाली) सहितको समग्र प्रणालीको निरिक्षणसहित जानकारी लिएकी हुन् ।


ADVERTISEMENT

# # #


सो क्रममा प्रधानमन्त्री कार्कीले नागरिकलाई सहज सेवा प्रवाहका लागि सुरु गरिएको नयाँ प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरिन् । त्यस्तै उनले नयाँ प्रणालीबाट कार्यालय व्यवस्थापनमा भइरहेको गतिविधिको समेत जानकारी लिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जानकारी दिए । नयाँ प्रणालीले सेवाग्राहीको समय बचत हुने र सहज रुपमा सेवा लिन सकिने उनले बताए ।

सेवा प्रवाहको नवीनतम मोडेललाई अन्य सरकारी सेवा प्रदायक निकायमा समेत विस्तार गर्न सकिन्छ भन्ने अभिप्रायका साथ प्रधानमन्त्रीले जानकारी लिएको पौडेलले उल्लेख गरे । निरिक्षणमा प्रधानमन्त्री कार्कीका साथै गृहमन्त्री ओमप्रकाश अर्याललगायत सहभागी थिए ।