काठमाडौँ – अवैध सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाली काँग्रेसका पूर्वसांसद सन्तोष चालिसेलाई पाँच लाख रुपैयाँ धरौटी माग गरिएको छ । विशेष अदालतको अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य विदुर कोइरालाको इजलासले सोमबार चालिसेसँग धरौटी माग गरेको हो ।
चालिसेमाथि ३ करोड ६८ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको आरोप लागेका उनले अख्तियारमा र विशेष अदालतमा आरोपका बारेमा इन्कारी बयान गरेका थिए ।
अख्तियारले गोकर्णेश्वर नगरपालिकाको मेयर भएका बेलामा उनले गैरकानुनी आर्जन गरेको अभियोग लगाएको थियो । गत २८ मंसीरमा उनीमाथि मुद्दा दायर भएको थियो ।
उनी संसद्का अर्थ समितिका निवर्तमान सभापति समेत हुन् ।



























































