काठमाडौँ – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा श्री भगवती क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ ।


ADVERTISEMENT


सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा श्री भगवतीले मनाङ मर्स्याङ्दीलाई १–० गोल अन्तरले पराजित गरेको हो । भगवती क्लबको जितमा एकमात्र निर्णायक गोल सीमान्त थापाले खेलको ६३ औं मिनेटमा गरेका थिए ।


ADVERTISEMENT

# # #


जितसंगै १२ खेल खेलको श्री भगवतीको १२ अंक भएको छ भने समान खेल खेलेको मनाङको १३ अंक रहेको छ ।

त्यस्तै मंगलबार नै भएको अर्को खेलमा नव जनजागृति युवा क्लबले काक्रेबिहार युवा क्लबलाई पराजित गर्यो । एन्फा कम्प्लेक्समा भएको खेलमा नव जनजागृतिले काक्रेबिहारलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसंगै ११ खेल खेलेको नव जनजागृतिको ४ अंक भएको छ भने काक्रेबिहार १ अंकका साथ तालिकाका पुछारमा रहेको छ ।