काठमाडौँ – ललितपुर प्रहरी परिसरका एसपी गौतम मिश्रले “लागूऔषध नियन्त्रण तथा सवारी दुर्घटना न्यूनीकरण विषयक” विद्यालय प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका छन् ।


ADVERTISEMENT


वडा प्रहरी कार्यालय लगनखेलको आयोजनामा ललितपुरको लगनखेल स्थित रहेको क्याम्पीयन स्कूल तथा एकेडेमीमा कक्षा ९ र ११ मा अध्ययनरत विधार्थीहरुलाई एकेडेमीको सभाहलमा प्रशिक्षण प्रदान गरिएको हो ।


ADVERTISEMENT

# # #


प्रशिक्षणमा एसपी मिश्र तथा वडा प्रहरी कार्यालय लगनखेलका प्रहरी वरिष्ठ सई पुरुषोत्तम नेपालीले “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत “हाम्रो प्रहरी नेपाल प्रहरी” भन्ने आदर्श वाक्यका साथ “लागूऔषध नियन्त्रण तथा सवारी दुर्घटना न्यूनिकरण विषयक” विद्यालय प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका हुन् ।

साथै उक्त कार्यक्रममा क्याम्पीयन स्कूल तथा एकेडेमीका प्रिन्सीपल अन्जु प्रधानसहित शिक्षक–शिक्षिका विधार्थीहरु समेत गरी १५० जनाको सहभागिता रहेको ।