ललितपुर – ललितपुरको टिकाथलीमा“बाइक हस्पिटल”
नामक मोटरसाइकल ग्यारेज सञ्चालन गरी विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर ल्याउने, त्यसको इन्जिन र चेसिस नम्बरसम्बन्धी किर्ते कागजात तयार गरी बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार महालक्ष्मी नगरपालिका–५, टिकाथलीस्थित उक्त ग्यारेजमा चोरीका मोटरसाइकल ल्याई अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले छापा मारी गिरोहमा संलग्न तीन जनालाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका ४ वटा मोटरसाइकल र ३ थान ब्लुबुक समेत बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेहरू
सर्लाही, बरहथवा नगरपालिका–२ घर भई हाल ललितपुर, महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने २३ वर्षीय विशाल महतो
सर्लाही, बरहथवा नगरपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–२३ नरेफाँट बस्ने २९ वर्षीय भीमबहादुर अधिकारी
रौतहट, वृन्दावन नगरपालिका–९ घर भई हाल काठमाडौं, कोटेश्वर बस्ने २७ वर्षीय संजिवकुमार कुसवाहा
बरामद मोटरसाइकलहरू
KTM Duke 250 – १ वटा
TM Duke 200– १ वटा
Royal Enfield 350 – १ वटा
KTM Adventure 250 – १ वटा
Bluebook – ३ थान
प्रहरीले पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सातदोबाटोमा राखी चोरी तथा किर्ते मुद्दामा थप अनुसन्धान भइरहेको जनाएको छ।


ADVERTISEMENT