काठमाडौं – कारोबार हुने साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य एकै दिन प्रतितोला ६ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ११५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ११५ रुपैयाँले घटेको हो । सोमबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबार चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


























































