काठमाडौं- काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलबाट अभद्र व्यवहार गरेको आरोपमा २० जना विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ।


ADVERTISEMENT


प्रहरीका अनुसार ठमेल क्षेत्रमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी केही व्यक्तिहरूले सार्वजनिक स्थानमै अवैध रूपमा पैसाको मोलमोलाई गर्दै यौनजन्य गतिविधि सञ्चालन गरिरहेको भन्ने सूचनापछि निगरानी बढाइएको थियो।


ADVERTISEMENT

# # #


सोही क्रममा काठमाडौं महानगरपालिका–२६ स्थित ठमेलको फायरचोक क्षेत्रमा खटिएको प्रहरी टोलीले ती महिलाहरूलाई सर्वसाधारण तथा पर्यटकलाई बाटोमै रोकी अश्लील प्रस्ताव गर्दै हैरानी दिएको अवस्थामा फेला पारेको जनाएको छ।

पक्राउ परेका सबै महिला युगाण्डा देशका नागरिक रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिएर प्रहरी वृत्त लैनचौरले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। प्रहरीले ठमेल क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न यस्ता गतिविधिमाथि कडाइ गरिने पनि जनाएको छ।

पक्राउ परेकाहरू
१. देश UGANDA घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका २६ ठमेल बस्ने वर्ष ३४ की NAFUNA BRENDA
२. ऐ. घर भइ ऐ. बस्ने वर्ष ३६ की NANDUT HAJARAH
३. ऐ. घर भइ ऐ. बस्ने वर्ष ३० की KIRABO PROSSU
४. ऐ. घर भइ ऐ. बस्ने वर्ष ४० की TUSHEMERIRWE SILIVIA
५. ऐ. घर भइ ऐ. बस्ने वर्ष ३० की MARGRET KALULE NABUNNYA
६. ऐ. घर भइ ऐ. बस्ने वर्ष ३६ की NAKALEMBE HASIFA
७. ऐ. घर भइ ऐ. बस्ने वर्ष ३० की TUMUSUME GRACE
८. ऐ. घर भइ ऐ. बस्ने वर्ष ३६ की HAGAWA HADIJAH
९. ऐ. घर भइ ऐ. बस्ने वर्ष २५ की NAKIMSRA SHADIA
१०. ऐ. घर भइ ऐ. बस्ने वर्ष २८ की MBABZI DAPHYNE
११. ऐ. घर भइ ऐ. बस्ने वर्ष २५ की AMPEIRE SHIFRAH
१२. ऐ. घर भइ ऐ. बस्ने वर्ष ४५ की NANDUDU BEHY
१३. ऐ. घर भइ ऐ. बस्ने वर्ष ३८ की NAMBOZU FRANSCICA
१४. ऐ. घर भइ ऐ. बस्ने वर्ष ३४ की KAHAMA HAJARAH BAKMULISA
१५. ऐ. घर भइ ऐ. बस्ने वर्ष २४ की NIMUSIIMA MACKLEAN
१६. ऐ. घर भइ ऐ. बस्ने वर्ष ३६ की NAKATO BENANKANJKO
१७. ऐ. घर भइ ऐ. बस्ने वर्ष ४० की NANYANZI
१८. ऐ. घर भइ ऐ. बस्ने वर्ष ४२ की NATTU KASITA
१९. ऐ. घर भइ ऐ. बस्ने वर्ष २३ की NHUMANSI RBINANH
२०. ऐ. घर भइ ऐ. बस्ने वर्ष ४४ की NALWADDA SPECIOZA