काठमाडौँ – जेन–जी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । सरकारले आधिकारिक रुपमा सार्वजनिक नगर्दै विभिन्न मिडियामा प्रतिवेदनको पूर्ण पाठ सार्वजनिक गरेको हो ।
सरकारले २३ र २४ बारे जाँचबुझ गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगले झण्डै ६ महिना लगाएर प्रतिवेदन तयार गरेको थियो भने सरकारलाई गत फागुन २४ गते प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
तर सरकारले हालसम्म पनि औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।
प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्माओली, गृहमन्त्री रमेश लेखक, काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ लगायतलाई कारबाही सिफारिस गरेको छ ।


























































