काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी प्रतिपक्षीमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्ने बताएका छन् ।
बिहीबार सिंहदरबारस्थीत संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै राईले प्रतिपक्षीमा बसेर सरकारलाई सिर्जनात्मक सहयोग र आलोचनात्मक समर्थन गर्ने बताएका हुन् । उनले सरकार र देशलाई सघाउने पक्षमा सदैव सकारात्मक भूमिकामा रहने उल्लेख गरे । प्रतिपक्षी भन्नेबितिकै विरोध नै गर्नुपर्छ भन्ने मान्यताबाट आफ्नो पार्टी टाढा रहेको उहाको भनाइ छ ।
उनले भने, ‘प्रतिपक्षीले सँधै विरोत्र मात्रै गर्नुपर्छ भन्ने म चाहीँ बुझ्दिनँ । तर, हामी नियन्त्रण र सन्तुलन गछौँ । राम्रो काममा हामी जहिले पनि सहयोगी र नराम्रो काममा जहिले पनि विरोध पनि गर्नेछौँ ।’
उनले थपे, ‘हामी प्रतिपक्षमा रहन्छौँ । रचनात्मक सहयोग, आलोचनात्मक समर्थन गर्छौं । उनले संसदबाट जनताले दिएको म्याण्डेडलाई पुरा गर्न ध्यान केन्द्रीत गर्ने उल्लेख गरे ।


























































