भक्तपुर – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।


ADVERTISEMENT


भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित भाडाको घरमा बस्दै आएका ओलीलाई आज बिहानै प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरी काठमाडौँ लगेको छ । अगाडि पछाडि प्रहरीसहित उनी आफ्नै गाडीमा जिल्ला प्रहरी परिसर गएका हुन् ।


ADVERTISEMENT

# # #


ओली पक्राउ परृपछि नेकपा एमालेका सचिव महेश बस्नेतले विरोध गर्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

भदौ २३–२४ गतेको जेन–जी आन्दोलनसम्बन्त्री घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्माओली र गृहमन्त्री रमेश लेखकलाई समेत फौजदारी अभियोगमा मुद्दा लगाउनुपर्ने सिफारिस गरेको थियो ।

शुक्रबार बालेन्द्र शाह (बालेन)को नेतृत्वमा गठन भएको नयाँ सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही अनुसार ओली पक्राउ परेका हुन् ।