काठमाडौँ – गृहमन्त्री सुन गुरुङले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्माओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ पर्नु प्रतिशोध नरहेको बताएका छन् । दुईजनालाई शनिबार बिहान पक्राउ गरेपछि सामाजिक सञ्जालमा बोल्दै गुरुङले न्यायको सुरुवात भएको बताएका हुुन् ।


ADVERTISEMENT


साथै उनले कानुनभन्दा माथि कोही नभएको समेत भन्दै अब देशदे नयाँ दिशा लिने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’


ADVERTISEMENT

# # #


प्रहरीले आज बिहानै एमाले अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र लेखकलाई भक्तपुरको कटुञ्जेबाट पक्राउ गरेको थियो ।