काठमाडौं – गृहमन्त्री सुधन गुरुङले निवासबाट बरामद भएको रकमको अनुसन्धानका लागि दीपक खड्का पक्राउ परेको बताएका छन् ।


ADVERTISEMENT


पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्का आइतबार बिहान पक्राउ परेका हुन् । यसबारे सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले पक्राउको कारणबारे जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


जेनजी आन्दोलनको क्रममा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो। जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ। उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ।