काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त भएका छन् ।


ADVERTISEMENT


बजगाईं स्वकीय शाखा अधिकृत सरहको सेवासुविधा लिनेगरी प्रधानमन्त्रीको प्रेस सहजकर्तामा नियुक्त भएको हुन् ।


ADVERTISEMENT

# # #


बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि पत्रकारितामा सक्रिय बजगाईं प्रेस संयोजकको भूमिकामा थिए ।

यसअघि प्रधानमन्त्री शाहले प्रमुख सल्लाहकारमा कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकारमा असिम शाह, मुख्य स्वकीय सचिवमा सुवास शर्मा, निजी सचिवमा प्रदीप परियार, प्रशासन प्रमुखमा सुदीप ढकाल र सूचना तथा प्रविधि संयोजकमा विवेक मिश्रलाई नियुक्त गरिसकेका छन्।