काठमाडौं – बुधबार सेयर बजारको नेप्से परिसूचक ७४.७३ अंक घटेको छ ।


ADVERTISEMENT


बजारमा उच्च गिरावट आउँदा पनि आज कारोबार रकम करिब १ अर्ब बढेको छ । अघिल्लो दिन ११ अर्ब ११ करोडको कारोबार भएकोमा आज १२ अर्ब १० करोडको भयो ।


ADVERTISEMENT

# # #


१३ कम्पनीको मूल्य बढ्यो, २५५ को घट्यो । बजारका सबै समूहगत सूचक घटेका छन् । अन्य समूह सूचक सबैभन्दा धेरै ५.२६ प्रतिशत घट्यो ।

नेपाल पुनर्बीमा कम्पनीको मूल्य सबैभन्दा धेरै ९.८४ प्रतिशत घट्दा समग्रमा अन्य समूहको सूचक बढी प्रभावित भएको छ ।

त्यस्तै आज बैंकिङ २.३१, विकास बैंक ३.१८, फाइनान्स ३.०३, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर २.८१, लगानी २.६७, जीवन बीमा २.०२, उत्पादन तथा प्रशोधन ०.३९, माइक्रोफाइनान्स १.९९, निर्जीवन बीमा .।२२ र व्यापार समूह ३.९६ प्रतिशतले घटेको छ ।