काठमाडौं – नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनासहितको संयुक्त टोलीले उद्धार प्रयास तीव्र पारेको छ।


ADVERTISEMENT


उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ।


ADVERTISEMENT

# # #


उद्धार टोलीले दिउँसो २ बजे सुरुङको मुख्य भाग अर्थात् ‘क्राउन हेड’मा पुगेर २×३ फिटको प्वाल बनाएको थियो। उक्त प्वालबाट डोरीको सहायताले टोली तल झरेर भित्र रहेका व्यक्तिलाई बोलाउँदा कुनै प्रतिक्रिया नआएको जनाइएको छ।

भित्रसम्म पुगेर उद्धार गर्न सहज बनाउन अहिले ठूला उपकरण प्रयोग, प्वाल फराकिलो पार्ने तथा आवश्यकताअनुसार ब्लास्टिङ गर्ने तयारीसमेत अघि बढाइएको छ। उद्धारका सबै उपाय एकसाथ अघि बढाइएको सुरक्षा निकायले जनाएको छ।

कठिन र जोखिमपूर्ण परिस्थितिका बाबजुद नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। सुरुङभित्रको अवस्था यकिन गरी फसेका व्यक्तिसम्म पुग्न टोलीले सम्भव सबै उपाय अपनाइरहेको छ।