काठमाडौं – राष्ट्रिय सभाले सभाको उपाध्यक्ष र समिति सभापतिको निर्वाचन प्रक्रिया अघि बढाउने भएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयनका साथै उपाध्यक्ष र समिति सभापतिको निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । बिहीबार बस्ने बैठकमा दलका नेताको शुभकामना मन्तव्य दिने गरि कार्यसूची तयार गरिने राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको २० औँ अधिवेशन सफल बनाउन सबै राजनीतिक दलको सक्रिय सहभागिता र रचनात्मक भूमिकाको अपेक्षा गरेको बताएको थियो । त्यस्तै उहाले सभामा आवश्यक सहकार्य र सहजीकरणका लागि आग्रह गरेको थियो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, कार्यव्यवस्था परामर्श समितिका सदस्यहरु, संघीय संसदका महासचिव, राष्ट्रिय सभाका सचिव लगायतको उपस्थिति रहेको थियो ।