काठमाडौं – कारोबार हुने साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुन प्रतीतोला २हजार ६०० रुपैयाँ र चाँदी तोलामा ५० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार सुनको मूल्य २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबार चाँदी प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।


























































