काठमाडौं – नयाँ वर्ष २०८३ को अवसरमा विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टिसिएलले नेपाली ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ।
“नयाँ वर्षको सुरुवात, टिसिएल खुशीको सौगात” भन्ने आकर्षक नारासहित ल्याइएको यस योजनाले ग्राहकहरूलाई अत्याधुनिक प्रविधियुक्त होम अप्लायन्स र टेलिभिजन खरिद गर्दा थप खुशी प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले टिसिएलका विभिन्न उत्पादनहरू खरिद गर्दा . २,००,०८३ सम्मको आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन्। साथै, हरेक खरिदमा Sure Shot उपहार पनि सुनिश्चित गरिएको छ, जसले ग्राहकलाई तत्काल लाभ दिनेछ।
टिसिएलको यस अफरमा समावेश उत्पादनहरूमा नेपालकै सबैभन्दा ठूलो QD-Mini LED TV, रेफ्रिजेरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर (Split तथा Cassette), VRF सिस्टम, साउन्ड सिस्टम लगायत आधुनिक जीवनशैलीलाई सहज बनाउने सम्पूर्ण उपकरणहरू रहेका छन्।
ग्राहकहरूले वाशिङ मेसिन खरिद गर्दा ६ केजी Ariel डिटर्जेन्ट उपहार, एयर कन्डिसनरमा Free Installation, साथै अन्य विभिन्न आकर्षक अफरहरू पनि प्राप्त गर्न सक्नेछन्। यसका अतिरिक्त, ग्राहकहरूले CG Elex मार्फत सजिलो 0% EMI सुविधा पनि उपभोग गर्न सक्नेछन्, जहाँ “नागरिकता भए पुग्छ” भन्ने सरल प्रक्रियाले खरिद अझ सहज बनाएको छ।
TCL ले विश्वव्यापी रूपमा आफ्नो गुणस्तर प्रमाणित गरिसकेको छ र हाल Global Top 1 ब्रान्डको रूपमा स्थापित छ। साथै, Worldwide Olympic Partner को रूपमा पनि टिसिएलले आफ्नो अन्तर्राष्ट्रिय प्रतिष्ठा मजबुत बनाएको छ।
CG Electronics मार्फत नेपालभर उपलब्ध TCL का यी सबै अफरहरू सीमित अवधिका लागि मात्र लागू हुने भएकाले ग्राहकहरूलाई छिटोभन्दा छिटो आफ्नो नजिकको आधिकारिक शोरुम वा डिलरमार्फत खरिद गर्न कम्पनीले आग्रह गरेको छ।


























































