काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कवि फुयाँललाई दिने निर्णय गरेको छ ।


ADVERTISEMENT


यही चैत २४ गते बसेको सञ्चालक समितिले बैठकले यस्तो निर्णय गरेको हो । उनी हाल कम्पनीमा वरिष्ठ उप–प्रमुख कार्यकारीको रुपमा कार्यरत छन् ।


ADVERTISEMENT

# # #


यसअघि आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा चार बर्ष सिईओ भएर काम गरिसकेका अनुभवी फुयाँलले सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीलाई अझै उत्कृष्ट र बीमाको दायरा फराकिलो पार्न सफल हुने विश्वास गरिएको छ ।