काठमाडौं – पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेको १३ औँ दिन पछि रिहा भएका छन् ।


ADVERTISEMENT


उनीलाई पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले हिमालयपोष्टलाई जानकारी दिए । लेखकलाई अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी हिरासत मुक्त गरिएको भट्टराईले बताए ।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै लेखक भक्तपुरबाट पक्राउ परेका थिए ।