काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार रूबीकुमारी ठाकुर (धनुषा) लाई मतदान गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा उम्मेदवार छन् । श्रम संस्कृतिकी २५ वर्षीया ठाकुरले विहीबार रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन् ।

उपसभामुखको निर्वाचन आज दिउँसो ४ बजे हुँदैछ । उपसभामुखमा श्रम संस्कृतिका ठाकुर र राप्रपाका सरस्वती लामाबिच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिनिधि सभामा रास्वपा झण्डै दुई तिहाइ बहुमतमा रहेको रास्वपाको साथ पाउँदा ठाकुर उपसभामुख निर्वाचित हुने पक्का छ ।