काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुख चयनमा नेकपा एमालेले तटस्थ बस्ने निर्णय गरेको छ ।
शुक्रबार उपसभामुख चयनका प्रक्रियाका क्रममा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका सांसद मोहम्मद इस्तियाक राईले एमाले तटस्थ बस्ने जानकारी गराएका हुन् ।
आज उपसभामुख पदमा राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारीको भिड्दैछन् ।


























































