काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुख चयनमा प्रमुख प्रतिपक्षी दल नेपाली काँगेसले श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी कुमारी ठाकुरलाई सर्मथन गर्ने भएको छ ।
शुक्रबार उपसभामुख चयनका प्रक्रियाका क्रममा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेपाली काँग्र्रेसकी सांसद बासना थापाले काँग्रेसले रुबीलाई समर्थन गर्ने जनाएकी हुन् । उनले उपसभामुखमा निर्वाचित हुने रुबीकुमारीलाई उपसभामुख पदको जिम्मेवारी सफलतापूवर्क पालना गर्ने समेत विश्वास व्यक्त गरिन् ।
आज उपसभामुख पदमा राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारीको भिड्दैछन् ।


























































