काठमाडौं- कालिन्चोक हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँट गरिएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले सर्वसाधारणका लागि गत चैत २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ६ लाख ८४ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो, जसको कुल रकम ६ करोड ८४ लाख ७५ हजार रुपैयाँ बराबर रहेको थियो।
निष्काशनमा कुल २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएका थिए। तीमध्ये २६ लाख ३५ हजार ६३४ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन विभिन्न कारणले रद्द भएको थियो ।
कम्पनीको आईपीओ गोलाप्रथा (लक्की ड्र) प्रणालीमार्फत बाँडफाँट गरिएको हो। जसअनुसारर ६८ हजार ४७५ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने बाँकी आवेदक खाली हात फर्किएका छन्।


























































