काठमाडौं – नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सरकारको नीति तथा कार्यक्रमले परिवर्तनको दिशा समाप्त सक्ने संकेत नदेखिएको बताएको छ ।


ADVERTISEMENT


सोमबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता केसीले सरकारको नीति तथा कार्यक्रम केहि जलप लगाएर अलिकति आकर्षित बनाउन खोजिएको जस्तो भएकाले परिवर्तनको दिशा समाप्त सक्ने संकेत नदेखिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


सरकारको कार्यक्रम निरन्तरताको कर्मकाण्ड मात्रै भएको उहाको भनाइ छ । उहाले साधन र स्रोतको व्यवस्थापनको समस्यालाई ख्याल नै नगरि सरकार अघि बढ्न खोजेको तर्क गरे ।

सन्तुलित ढङ्गबाट नीति तथा कार्यक्रम मार्फत प्रस्तुत बिषयलाई सरकारले कसरी अघि बढाउछ भन्ने हेर्न बाँकी रहेको उनको भनाइ छ ।