सुनसरी – सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट प्रहरीले ४ सय ४० किलोग्राम गाँजासहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले वैशाख २९ गते राति नियमित चेकजाँचका क्रममा को.१ च ७३५९ नम्बरको एम्बुलेन्सभित्र प्लास्टिकको बोरामा प्याक गरेर राखिएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार गाँजा बरामद भएसँगै एम्बुलेन्स चालक तथा घटनामा संलग्न व्यक्तिहरुको खोजी भइरहेको छ । प्रारम्भिक अनुसन्धानबाट उक्त एम्बुलेन्स धरानस्थित बुढासुब्बा डाइग्नोष्टिक सेन्टर प्रालिद्वारा सञ्चालन हुँदै आएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले लागूऔषधको उत्पादन, सञ्चय, ओसारपसार, बेचबिखन तथा सेवन कानुनअनुसार दण्डनीय अपराध भएको भन्दै यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई तीव्र बनाइएको जनाएको छ ।