काठमाडौं- आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनका सन्दर्भमा शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महालेखापरीक्षक कार्यालयले मुलुकको अद्यावधिक बेरुजु आर्थिक वर्ष २०८१/८२ मा २ दशमलव ९९ प्रतिशतले बढेको जनाएको हो ।


ADVERTISEMENT


महालेखाका अनुसार मुलुकको कूल बेरुजु रकम रु सात खर्ब ५५ अर्ब १७ करोड २२ लाख पुगेको छ ।


ADVERTISEMENT

# # #


महालेखारपीक्षकको कार्यालयले आव २०८१/८२ मा सङ्घीय, प्रदेश , स्थानीय तह, सङ्गठित संस्था र सङ्घीय कानुनद्वारा तोकिएका अन्य संस्था तथा समितिको रु ९४ खर्ब ८४ अर्ब ५० करोड बराबरको लेखापरीक्षण गरेको महालेखापरीक्षक तोयम रायाले जानकारी दिनुभयो ।

यस वर्ष फस्र्यौटबाट रु १४ अर्ब ६३ करोड बराबर असुल भएको छ उहाले बताउनुभयो ।

महालेखापरीक्षक रायाले जेनजी आन्दोलनबाट कागजपत्रमा भएको क्षतिका कारण ७ सय २१ स्थानीय तहको मात्रै लेखापरिक्षण गरिएको जानकारी दिनुभयो ।

उहाले स्थानीय तहमा बेरुजु घट्ने क्रममा रहेको देखिएको उल्लेख गर्नुभयो ।

बेरुजुका सन्दर्भमा जानकारी गराउने काममात्रै महालेखाको भएको र यसमा कारवाही गर्ने अधिकार नरहेको उहाले स्पष्ट पार्नुभयो ।

महालेखापरीक्षक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सवै भन्दाबढि बेरुजु अर्थ मन्त्रालयको रहेको छ ।

महालेखापरीक्षकले शुक्रबार नै बार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको थियो ।