काठमाडौं – रास्वपाले प्रधानन्यायाधीश डा। मनोज शर्मालाई अदालत रिफर्म गर्ने योजना प्रष्ट पार्नका लागि आग्रह गरेको छ ।
प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि केहीबेरदेखि संसदीय सुनुवाइ चलिरहेको छ ।
यसैबीच सांसदहरूले उनलाई विभिन्न प्रश्नहरू राखिरहेका छन् ।
सो क्रममा रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले अदालत रिफम गर्ने योजना प्रष्ट पार्न आग्रह गरेका हुन् ।
साथै, उनले उजुरीकर्ताले दिएका उजुरीबारे आफ्नो धारणा राख्न पनि आग्रह गरे ।
‘उजुरीकर्ताले दिएका उजुरीको विषय सम्बन्धित निकायमा पठाउँछौं ।
यस्तो आउदा यहाँले के गर्नुहुन्छ ’ बुर्लाकोटीले भने ।
संक्रमणकालीन न्यायबारे पनि प्रष्ट पार्दा राम्रो हुने उनको भनाइ थियो ।
उनको थप प्रश्न थियो, ‘अदालतमा रहेको विचौलियको प्रभाव कसरी कम गर्ने न्यायालय विकासमैत्री छ भन्ने कसरी समाजमा स्थापित गर्ने


























































