काठमाडौं – नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेर नेपाल प्रहरीले आगामी तीन वर्षका लागि रणनीतिक योजना २०८३–०८५ तयार गरेको छ ।
रणनीतिक विषय (Strategic Theme) “चुस्त प्रहरी सेवा – सुरक्षित समुदाय (Smart Policing – Safer Community)’ तय गरिएको यस रणनीतिक योजनाले प्रहरी संगठनलाई अझ सक्षम, उत्तरदायी र भरोसायोग्य संस्थाको रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ । यस रणनीतिक योजना निर्माणको क्रममा प्रहरीसँग सम्बन्धित विभिन्न ऐन कानुन लगायत सम्बन्धित विभिन्न दस्तावेजहरूको अध्ययन तथा नेपाल प्रहरी संगठनको SWOC (Strengths, Weaknesses, Opportunities, Challenges) को समेत विश्लेषण गरिएको थियो ।
यस क्रममा समीक्षा गरिएको यस अघिको ‘नेपाल प्रहरी कार्ययोजना २०८० (२०८०-०८२)’ मा १३ वटा मुख्य लक्ष्यहरू, ४० वटा कार्यगत उद्देश्यहरू र २०७ वटा क्रियाकलापहरू रहेका थिए, जसको समग्र उपलब्धि ९४.७२ प्रतिशत रहेको थियो । यसका प्रमुख उपलव्धिहरूमा ६४ वटा नीति, निर्देशिका, मापदण्ड, कार्यादेश, कार्ययोजना लगायतका प्रतिवेदनहरू भएको; चौकीस्तरसम्म ४०८ सहायता कक्ष निर्माण गरिएको; २४९९ वटा Weapon Clearing Pit निर्माण भएको; २२१ वटा प्रहरी एकाईहरूमा Intranet बिस्तार भएको; २१४ वटा प्रहरी एकाइहरूमा ९० दिनसम्मको भण्डारण गर्ने क्षमता सहितको CCTV जडान गरिएको; ४०८ हिरासतहरूमा पुस्तकालय निर्माण गरिएको; ३५ वटा भवन निर्माण सम्पन्न गरिएको थियो । रणनीतिक योजना २०८३-०८५ प्रविधिमैत्री रूपान्तरण, मानव उत्तरदायी र भरोसायोग्य संस्थाका
यस रणनीतिक योजनाको कार्यान्वयनको माध्यमबाट नागरिक केन्द्रित प्रहरी सेवा, अधिकारप्रति प्रतिबद्धता र उच्च व्यावसायिकता मार्फत नेपाल प्रहरीलाई अझ सक्षम, रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
साथै, समुदायसँगको साझेदारीलाई मजबुत बनाउँदै प्रविधिको अधिकतम् प्रयोगमार्फत प्रहरी सेवालाई समयसापेक्ष, पारदर्शी र परिणाममुखी बनाउन यस योजनाले जोड दिएको छ यस रणनीतिक योजनाद्वारा कुल सात वटा रणनीतिक क्षेत्रहरू अन्तर्गत रहेर ३६ वटा रूपान्तरणकारी रणनीति र ९९ मुख्य कार्यक्रमहरू सम्पन्न गरिनेछ भने यसको कार्यान्वयनद्वारा निम्न लक्ष्यहरू हाँसिल गर्ने अपेक्षा गरिएको छ ।
अल्पकालीन लक्ष्यहरू
• नीतिगत र कानुनी सुधार
● समुदाय
प्रहरी सहकार्य संस्थागत र सुदृढ
समस्या र पूर्वानुमानमा आधारित अपराध रोकथाम र नियन्त्रण प्रणाली
• जनशक्तिको सेवा विशिष्टीकृत कार्य विवरण र कार्य सम्पादनमा आधारित वृत्ति विकास अपराध अनुसन्धान र प्रहरी कार्यका विशिष्टीकरण र आधारभूत क्षमता स्थापना • प्रहरी प्रशासन र सेवा प्रवाहका प्रणालीहरूको कार्यदक्षता र काय प्रभावकारितामा सुधार सुपरिवेक्षण, अनुगमन र मूल्याङ्कनका वैज्ञानिक मापदण्डहरूको विकास र कार्यान्वयन समाजमा शान्ति सुव्यवस्था, न्यायिक पहुँच र प्रहरी सेवा प्रवाहको स्तरमा अभिवृद्धिद्वारा सुशासन प्रवर्द्धन
• पारदर्शी प्रहरीद्वारा जनविश्वास र सन्तुष्टिको स्तरमा अभिवृद्धि
• अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रभावकारिता
• दक्ष, नैतिकवान् र उत्प्रेरित मानव संसाधन
• सुदृढ पूर्वाधार र कार्यवातावरण
रणनीतिक क्षेत्र तथा लक्ष्यहरू
१. नीति, योजना र अन्तर्राष्ट्रिय समन्वय – उपयुक्त संगठन संरचना, नीतिगत स्पष्टता, सुदृढ योजना प्रक्रिया र अन्तरसंस्थागत समन्वय मार्फत सुशासन प्रवर्द्धन गर्दै प्रहरी सेवालाई थप प्रभावकारी बनाउन व्यावसायिकता, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्ने ।
२. शान्ति सुरक्षा, प्रहरी कारबाही र विपद् व्यवस्थापन – प्रहरी परिचालन, कारबाही र विपद् व्यवस्थापनमा आधारभूत तथा विशिष्टीकृत क्षमता अभिवृद्धि गरी शान्ति सुव्यवस्था कायम र जनधनको सुरक्षा गर्ने ।
३. अपराध रोकथाम तथा नियन्त्रण – जनसहभागिता र नागरिकसँगको समन्वयलाई प्रवर्द्धन गर्दै समुदाय – प्रहरी साझेदारी र समस्या केन्द्रित प्रहरी सेवा (Problem-oriented Policing) को माध्यमबाट अपराधको रोकथाम तथा नियन्त्रण गर्ने ।
४. अपराध अनुसन्धान प्रविधियुक्त, प्रमाणमुखी र सूचनामा आधारित ( Intelligence-led ) अनुसन्धानात्मक क्षमताको विकासद्वारा अपराध अनुसन्धानको प्रभावकारिता अभिवृद्धि गर्ने ।
५. मानवस्रोत विकास – नेपाल प्रहरी संगठनको मूल उद्देश्यहरू प्रभावकारी रूपमा सम्पादन गर्न विशिष्टीकृत, दक्ष र उच्च मनोबलयुक्त प्रहरी जनशक्तिको विकास गर्ने ।
६. भौतिक पूर्वाधार, स्रोत साधन तथा सहायता सेवाहरू – भौतिक पूर्वाधार, स्रोत साधन तथा सहायक सेवाहरू (Enabling Services) को सुदृढीकरणद्वारा प्रहरी कर्मचारीको कार्यक्षमता बढाई सेवाको प्रभावकारिता अभिवृद्धि
गर्ने ।
७. सूचना प्रविधि – कृत्रिम बौद्धिकता (Artificial Intelligence) लगायत सूचना प्रविधिका प्रणालीहरूलाई क्रमशः मूल प्रवाहिकरण (Mainstreaming) गर्दै सांगठनिक कार्यदक्षता बढाउँदै सेवा प्रवाहमा प्रभावकारिता, चुस्तता र नागरिकको पहुँचको अभिवृद्धि गर्ने ।
कार्यान्वयन तथा मूल्याङ्कन
साथै, यस रणनीतिक योजनाको कार्यान्वयन र अनुगमनको पाटोलाई समेत प्रभावकारी बनाउन विगतको योजना कार्यान्वयनमा देखिएका समस्या तथा कमजोरीहरूको पूर्वानुमान गरी सम्भावित चुनौतीहरूको निराकरण गर्ने उपाय समेत सुझाएको छ । यसको प्रभावकारी कार्यान्वयनको सुनिश्चिताका लागि वार्षिक कार्ययोजनाहरू निर्माण गरिनेछ भने प्रहरी महानिरीक्षकदेखि इलाका प्रहरी कार्यालयसम्मको कार्यालय प्रमुखहरूले आ-आफ्नो सुपरिवेक्षकसँग गर्ने कार्यसम्पादन सम्झौताको सम्पन्न गर्नुपर्ने क्रियाकलापहरूभित्र रणनीतिक योजनाका कार्यक्रमहरू समेत समावेश गरिनेछ ।
धन्यवाद, जय नेपाल !


























































