काठमाडौं – खानेपानीमा लगाइएको सवै प्रकारको कर छुटको माग गर्दै उपभोक्ता अधिकारकर्मीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
खानेपानीमा समेत कर लगाउदा उपभोक्ताहरु मर्कामा परेको भन्दै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)ले बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले खानेपानीमा लगाइएको कर छुट गर्नुपर्ने माग राखेका छन् । साथै उनीहरुले विधुत महशुल छुटको समेत माग गरेका छन् । फेडवासनका अध्यक्ष राजेन्द्र अर्यालले फेडवासनले खानेपानीमा सरकारले २५ प्रतिशत कर लगाउने प्रयास गरेको भन्दै तत्काल कर लगाउने निर्णय फिर्ता लिन माग गरे ।
खानेपानी क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर आवश्यक बजेट बिनियोजन गर्नुपर्ने उनले बताए । प्रदर्शनमा सहभागीहरुले उपभोक्ताहरुको अधिकार सुनिश्चित गर, खानेपानीमा लगाइएको सवै प्रकारका कर छुट गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।


























































