काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले देश बनाउनका लागि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको गति एउटै हुनुपर्ने बताएको छ ।


ADVERTISEMENT


पूर्वसांसद मञ्चले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख अर्यालले कानून निर्माण गरेर देश निर्माण गर्न राज्यका तीन वटैं अंगको गति एउटै हुनुपर्ने बताएको हो । मुलुकलाई आवश्यक नीति नियम बनाउन सवैको नियत सफा हुनुपर्ने उनले बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै सभामुख अर्यालले अग्रज पुस्ताहरुको अनुभव, अहिलेको नयाँ पुस्ता र वर्तमान पुस्ता मिलेर अघि जान सके देश बन्न धेरै समय नलाग्ने धारणा राखे ।

उनले संघीय संसदले आगामी पचासौँ वर्षको भविष्यलाई हेरेर पुराना कानुनहरूको संशोधन या खारेज र नयाँ कानूनलाई अघि बढाउन विशेष ध्यान दिएको उल्लेख गरे ।

जनताका लागि बनाउने कानून व्यवहारिक हुनुपर्ने भन्दै सभामुख अर्यालले नागरिकलाई सुहाउँदो कानुन निर्माणमा सवैबीच सहकार्य आवश्यक रहेको बताए । उनले अहिले व्यवहारमा नमिलेका कानूनहरु धेरै देखिएकाले त्यसलाई समेत संशोधन गर्दै जानुपर्नेमा जोड दिए ।