काठमाडौं -श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले आफ्नो भनाइलाई सच्याउँदै माफी माग्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष साम्पाङले सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति सरासर गलत रहेको भन्दै आफ्नो भनाइलाई सच्याउँदै माफी माग्नुपर्ने बताएका छन् । उनले राष्ट्रियता भन्दा ठूलो बिषय बजेट नभएकाले पहिले सीमाका बिषयमा सरकारले स्पष्ट पारेमात्रै सदन अघि बढ्न सक्ने बताएका छन् । उनले सीमा बिषयमा आएका बिषयमा प्रधानमन्त्रीले नै स्पष्ट पार्नुपर्ने उल्लेख व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्ति सीमामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप देखिएकाले गम्भीर हुन सरकारलाई सुझाव दिएका छन् ।