काठमाडौं – नेकपा (एमाले) का सांसद गुरु बरालले आफुहरु प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतिक्षामा रहेको बताएका छन्।
मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद बरालले सीमासम्बन्धी बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुक नै अप्ठेरोमा पर्न सक्ने भएकाले प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतिक्षामा रहेको बताएका हुन्।
सीमाका बिषयमा गलत सूचना दिएर देशलाई भ्रमित पार्ने र देशको अस्मितामाथि नै प्रश्न उठ्ने अवस्था आउन दिन नहुने उनको भनाइ छ । त्यस्तै सांसद बरालले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा रहेका बेला जबरजस्त सदन चलाउने सभामुखको कदम उचित नभएको उल्लेख गरेका छन् । उनले सदन सञ्चालनका लागि जिम्मेवार बन्न सभामुखलाई सुझाव समेत दिएका छन् ।
बिपक्षीलाई पेलेर जवरजस्ती सदन चलाउन खोजे दुर्घटना हुने उनको भनाइ छ ।


























































