काठमाडौं – संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र(जेटियुसिसी) ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन स्वीट्जरल्याण्डको जेनेभा जाने भएको छ ।
जेटियुसिसीले शुक्रबार काठमाडौंमा आयोजना गरेका पत्रकार सम्मेलनमा अध्यक्ष विनोद श्रेष्ठले लोकतन्त्र र ट्रेडयुनियन अधिकारमाथि सरकारले गरेको हस्तक्षेपको जेनेभामा जोडदार कुरा उठाउने जानकारी दिएका छन् । श्रेष्ठले २९ गतेसम्म हुने ‘अन्तराष्ट्रिय श्रमिक सम्मेलनको ११४औं सत्र’मा जेटियुसिसी अध्यक्ष, महासचिव तथा अबद्ध महासंघका अध्यक्षहरुको टोली शनिबार जेठ २३ गते जेनेभा प्रस्थान गर्ने दिएका हुन्।
श्रेष्ठले नेपाली श्रम बजारको अवस्था, श्रमिकको लोकतान्त्रिक अधिकार र ट्रेड युनियनमाथिको सरकारी हस्तक्षेपका विषयमा अन्तराष्ट्रिय माञ्चमा जोडदार आवाज उठाउने बताएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनलाई लत्याउँदै ट्रेड युनियनमाथि हस्तक्षेप लगायतका विषयमा अन्तर्राष्ट्रिय जगतलाई ध्यानाकर्षण गराउने उनको भनाइ छ ।
पत्रकार सम्मेलन एनटियुसिका अध्यक्ष योगेन्द्र कुमार कुँवरले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्री बालेन्द्र शाहाले दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन् ।


























































