काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्।


ADVERTISEMENT


प्रधानमन्त्रीको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सुधन गुरुङलाई गृहमन्त्री र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


नवनियुक्त गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री पुनले मंगलबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

गुरुङ यसअघि पनि बालेन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री भैईसकेका छन् । सम्पत्ति शुद्धीकरण विवाद मुछिएपछि राजीनामा दिएका गुरुङ छानविन समितिले निर्दोष देखाएपनि पुन गृहमन्त्रीमा नियुक्त भएका छन् । त्यस्तै महावीर पुन यसअघिको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री बनेका थिए भने प्रधानमन्त्रीको सिफारिसमा महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त भएका छन् ।