काठमाडौं – साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको २८ औं वार्षिकोत्सब तथा पुरस्कार वितरण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले उत्पादनमा आधारित अनुदान कार्यक्रममार्फत कृषक तथा सहकारी संस्थाहरूलाई प्रोत्साहन गरिने बताएका छन्।  उक्त कार्यक्रममा बोल्दै उनले कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यवसायिक बनाउन प्रदेश सरकारले उत्पादनमुखी नीति अवलम्बन गरेको उल्लेख गरेका छन्।


ADVERTISEMENT


मुख्यमन्त्री बानियाँले हतुवा, कोइरालागी, दसौँपिया लगायत विभिन्न कृषि उपज उत्पादन गर्ने कृषक तथा समूहलाई उत्पादनको आधारमा अनुदान उपलब्ध गराइने जानकारी दिएका छन्। “उत्पादन गर्ने कृषकलाई सम्मान र प्रोत्साहन गर्नुपर्छ, उत्पादन बढे मात्रै किसानको आय बढ्छ र अर्थतन्त्र बलियो बन्छ,” उनले भने।


ADVERTISEMENT

# # #


उनले सहकारीमार्फत कृषकलाई संगठित गर्दै उत्पादन, प्रशोधन र बजारीकरणलाई एकीकृत रूपमा अगाडि बढाइने बताएका छन्। प्रदेश सरकारले कृषि उत्पादनमा वृद्धि ल्याउन आवश्यक प्रविधि, सीप, बीउबिजन तथा बजारीकरणमा समेत सहयोग गर्ने नीति लिएको उनको छ।

मुख्यमन्त्री बानियाँले कृषि क्षेत्रलाई रोजगारी सिर्जना र आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा लिँदै स्थानीय उत्पादनको संरक्षण, प्रवर्द्धन र व्यवसायीकरणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले कृषक, सहकारी र निजी क्षेत्रबीचको साझेदारीलाई थप मजबुत बनाउँदै उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने विश्वास व्यक्त गरेका छन्।

उनका अनुसार उत्पादन बढाउने कृषकलाई प्रोत्साहन गर्ने नीति नै प्रदेशको समृद्धि र आत्मनिर्भरताको आधार बन्नेछ। “कृषकको मेहनतको उचित मूल्य सुनिश्चित गर्दै उत्पादनमा आधारित सहयोगलाई अझ प्रभावकारी बनाइनेछ,” उनले बताएका छन्।