काठमाडौं – नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापाले संसदमा देखिएको संकटको समाधानका लागि प्रधानमन्त्री गम्भीर हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीले राष्ट्रघाती अभिव्यक्ति दिएका कारण सदन अवरोध भएकाले संसदमा देखिएको संकटको समाधानका लागि प्रधानमन्त्री गम्भीर हुनुपर्ने बताएका हुन् । उनले सभामुखले प्रधानमन्त्रीले बोलेका कुरा संसदको अभिलेखबाट हटाउने रुलिङ गर्नुपर्ने माग राखेका छन् ।


ADVERTISEMENT

# # #


थापाले नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन् गर्नुपर्नेमा जोड दिएका छन्। परराष्ट्रमन्त्रीको जवाफबाट आफूहरू सन्तुष्ट नभएको र राष्ट्रियता रक्षाको सङ्घर्ष भिन्न तरिकाले जारी राख्ने उनको भनाइ छ ।

नेता थापाले सत्तापक्षले अभिव्यक्ति सच्याउन आफ्नो पार्टीका नेता निर्देशन दिन सक्ने तथा सभामुखले त्यस्ता अभिव्यक्ति संसद्को अभिलेखबाट हटाएमा अत्यावरोध अन्त्य हुने धारणा राखेका छन् ।