काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सीमा क्षेत्रमा भारतीय पक्षले गरेका अतिक्रमण रोक्न नेपालले पहल गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर अध्यक्ष राईले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याउन आग्रह गरेका छन्।


ADVERTISEMENT


प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएको विषयमा अध्यक्ष राईले असन्तुष्टि व्यक्त गरेका छन्।


ADVERTISEMENT

# # #


बैठकको कार्यसूची सञ्चालन भइरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष राईसहित सो पार्टीका सदस्यले विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को २१ ख तर्फ ध्यानाकर्षण गराउँदै सभामुखको समय लिएर बोल्न र अमर्यादितरूपमा प्रस्तुत नहुन सभामुख अर्यालले पटकपटक आग्रह गरेका थिए ।

आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल हुन लाग्दासमेत बैठकमा सो दलका सांसदले लगातार विरोध गरेपछि सभामुख अर्यालले राईलाई बोल्न समय दिएका हुन् ।