बैतडी–तीन दिन भयो ७८ बर्षीय दशरथ सिंह आमरण अनशनमा छन् । मास्तिर खेतका कान्ला छन् । गरामा उनी प्लास्टिकको ओतमा अनशन बसेका छन् ।


ADVERTISEMENT


अनशन किन ? उनको उत्तर छ, सडकमा गाडी गुडेको देख्न पाऊँ ।


ADVERTISEMENT

# # #


जीवनको उत्तरार्धमा उनको धोको आफ्नै गाउँमा पिच सडक, त्यसमाथि गाउँलेले सुविधा गर्दै चढेको मोटेर देख्ने रहर छ । उनी सोमबारदेखि सरकारसँग सडक सुविधाको माग गर्दै अनशन बसेका छन् ।

मंगलबार सडकले बजेट ल्यायो तर उनको गाउँमा मोटर पुग्ने घोषणा गरेन । दशरथचन्द्र नगरपालिका–१ का सिंह भन्छन्, ‘सडकको सर्भे भयो तर मोटर गुड्ने चाँजोपाँजो मिलेन । सरकारले देख्छ कि भनेर अनशन बसेको हुँु ।’ – आजको राजधानी दैनिकबाट